भण्डारढिकमा सूर्यतारा खेल महोत्सव जारी, फुटबलतर्प सात खेल सकिए
पाेखरा | चैत २८, २०८२
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् ।
क्लबका अध्यक्ष विष्णुु पुन अनुसार पहिलो खेलमा भ्यु पोइन्ट एफ सीललाई आर एस पोखराले पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्याे । सो खेलबाट आर एस पोखराका सदीस कार्की म्यान अफ दि म्याच घोषित भए ।
यस्तै दोस्रो खेलमा एस एस एप सीको अनुपस्थितिमा वाकओभर मार्फत सूर्य तारा क्लब सी विजयी बन्यो ।
तेस्रो खेलमा स्याङ्जा एफसीले पेनाल्टी सुटआउट मार्फत काउले एफसीलाई ३–२ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे ।
चौथो खेलमा विपिन एफसी ए टिमले रामघाट एफ सी सेतोलाई पेनाल्टी सुट आउटमा २–१ अन्तरले पराजित ग¥यो । उक्त खेलमा विपिनका सिदन श्रेष्ठ मेन अफ दि म्याच बने ।
पाँचौ खेलमा सूर्य तारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
सो खेलबाट सूर्य ताराका राज कुमार कुँवर मेन अफ दि म्याच घोषित हुँदै पुरस्कृत भए । ्
छैटौँ खेलमा रामघाट एफ सी ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो ।
उक्त खेलबाट रामघाटका सुशान्त गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
आज भएको अन्तिम खेलमा पोखरा २९ लाई स्याङ्जा युथ क्लबले १–० गोल अन्तरले हराउँदै स्याङ्जा दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार उपसमितका संयोजक इश्वर अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो खेलबाट स्याङजाका आइत तामाङ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् ।
महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ हात पार्नेछ ।
खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।
‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।
प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।
सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।
‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गतेसम्म चल्नेछ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म ...

